मलेसियामा सुरक्षागार्ड कुट्नेलाई चार महिना जेल

 

News original Source : https://madhyanhadaily.com/post/16296

काठमाडौं : मलेसियामा नेपालीे सुरक्षागार्ड ईस्लाम हुसेनलाई कुटपिट र दुर्व्यवहार गर्ने राम गोपाल मुराउलाई चार महिना जेल सजाय भएको छ । मलेसियाको तल्लो अदालतका न्यायाधीश वाङ चाई सियाले मंगलबार उक्त सजाय सुनाएका हुन् ।

 

मुराउले हुसेनलाई कुटपिट गरेपछि मलेसियामा उक्त घटनाको व्यापक चर्चा भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको ४४ सेकेण्ड लामो भिडियोमा मुराउले ईस्लाममाथि निर्ममतापूर्वक कुटपिट गरेको देखिएको छ । घटनापछि मलेसियामा नेपाली सुरक्षागार्डहरुको सम्मान बहसको विषयसमेत उठेको छ ।

 

अदालतले मुराउलाई भएको चार महिना जेल सजाय गत अगस्ट ३ तारिखदेखि नै लागू भएको बताएको छ । गत जुलाई ७ तारिखको दिन मुराउले हुसेनलाई त्यहाँस्थित तमान मेलाती सापिङ कम्ल्पेक्समा कुटपिट गरेको सार्वजनिक भएको थियो । मलेसियन प्रहरीले मुराउविरुद्ध दश वर्षसम्म जेल र जरिवानाको माग गरेको थियो । तर अदालतले चार महिनामात्र कैदको सजाय सुनाएको छ ।   

 

ईस्लाममाथि कुटपिट भएपछि नेपाली दूतावासले नै कानुनी कारवाहीको माग गर्दै मलेसियाको प्रहरीमा उजुरी दर्ता गराएको थियो । पीडित र पीडक दुवैले नेपाली दूतावासको सम्पर्कमा आएपछि मलेसियन प्रहरीसमक्ष आत्र्सपण गरेका थिए ।

 

कुटपिट र दुर्व्यवहारको पीडित भनिएका ईस्लाममाथि भने एक महिलालाई दुर्व्यवहार गरेको  उजुरी परेको छ । ईस्लामको तर्फबाट कानूनी प्रतिरक्षा गरिहेकी स्थानीय वकिल सुमिथाले ईस्लामविरुद्धको अभियोग तय भइनसेको स्थानीय सञ्चार माध्यमहरुलाई बताएकी छन् । मुराउ र ईस्लाम मलेसियामा अवैध रुपमा काम गरिरहको पाइएको पनि स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।


Kathmandu: Ram Gopal Murau, who beat and abused Nepali security guard Islam Hussain in Malaysia, has been sentenced to four months in jail. Malaysian lower court judge Wang Chai Sia handed down the sentence on Tuesday.


 


The incident was widely reported in Malaysia after Murau beat Hussein. A 44-second video posted on social media shows Murau brutally beating up Islam. After the incident, the issue of respect of Nepali security guards has been raised in Malaysia.


 


The court ruled that Murau had been sentenced to four months in prison on August 3. On July 7, it was made public that Murau had beaten Hussein at the Taman Melati Shopping Complex. Malaysian police had demanded 10 years in prison and a fine against Murau. But the court sentenced him to four months in prison.


 


After the beating on Islam, the Nepali embassy had lodged a complaint with the Malaysian police demanding legal action. Both the victim and the perpetrator had approached the Nepali embassy and approached the Malaysian police.


 


Islam has been accused of beating and abusing a woman. Sumitha, a local lawyer defending Islam, told local media that the charges against Islam had not been settled. Murau and Islam have been found working illegally in Malaysia, according to local media.

Post a Comment

0 Comments