सरकारले खोस्ने भयो, १० हजार म्यानपावर एजेन्टको लाइसेन्स


जेठ १८, काठमाडौं । वैदेशिक रोजगारीलाई ठगी धन्दा बनाउने म्यानपावर एजेन्टहरुको लाइसेन्स खोस्ने तयारी सरकारले गरेको छ ।
सरकारले एजेन्टको कारण सोझा-साझा युवालाई ठगिएको निष्कर्ष सहित एजेन्टहरुलाई खारेज गर्ने तयारी गरेको हो । सरकारले म्यानपावरका लागि एजेन्ट तोक्ने कानुनी व्यवस्था नै हटाउने तयारी गरेको छ । जुन ब्यबस्थामा रोजगार मन्त्री दीपक बोहोरा समेत एकोहोरो लागि परेका छन् ।
अहिलेसम्म नेपालमा म्यानपावरको एजेन्टलाई सरकारले लाइसेन्स दिने ब्यबस्था गरेको छ । यसरी लाइसेन्स लिने एजेन्टले सरकारलाई दुई लाख रुपैयाँ धरौटी समेत राखेको हुन्छ । तर एजेन्ट ब्यबस्थाले म्यानपावरमा ठगि धन्दा बढी भएको भन्दै सो ब्यबस्थानै हटाउने सरकारको तयारी भएको हो ।
सरकारले नयाँ ऐन जारी गरेसँगै नेपालमा म्यानपावर एजेन्टको वैधानिकता सकिनेछ । त्यसरी ब्यबस्थानै खारेज भएपछी एजेन्टहरुले खुलम-खुला जनता ठग्ने क्रियाकलाप समाप्त हुनेछ ।
श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा जस्तोसुकै अवस्थामा पनि वैदेशिक रोजगारमा ‘डिल’ गर्न लाइसेन्स पाएका एजेन्टहरुलाई खारेज गर्ने पक्षमा छन् । उनले एजेन्ट ब्यबस्था हटाउनु बाहेक अर्को बिकल्प नै नरहेको बताएका छन् । उनले भनेका छन् – ‘अबको ऐन संशोधनपछि सरकारले एजेन्टलाई चिन्दैन ।’
यता वैदेशिक रोजगार व्यवसायी संघले पनि यो बिषयमा सहकार्य गर्ने देखिएको छ । एजेन्टहरुको कारण आफुहरु बद्नाम भएको उनीहरुको दावी छ ।
सरकारले अहिले वैधानिक रुपमा लाइसेन्स दिएको एजेन्टको संख्या जम्मा ७ सयको हाराहारीमा छ । तर १० हजार भन्दा बढी एजेन्टहरु यो काममा सक्रिय छन् | एजेन्टको पनि सब एजेन्ट हुँदा यो शंख्या धेरै भएको हो  । सरकारले यो ब्यबस्था खारेज गर्दा बैधानिक मात्र नभई तिनका छाताभित्र रहेका एजेन्टहरु समेत खारेज हुनेछन |
Source- shajhasabal.com

Post a Comment

0 Comments