US Bangla Plane Crash in Tribhuvan International Airport

A plane from US-Bangla, a Bangladeshi airline, crashed on the east side of Tribhuvan International Airport's runway, the Kathmandu Post reported.
An airport spokesperson told the paper that casualties were feared.
Photos and video posted on social media showed smoke rising from an airport runway.


Photo Credit : 


Update : http://baahrakhari.com/news-details/50588/2018-03-12
चालक दलका सदस्यसहित ७१ जना यात्रु बोकेको यूएस बंगलाको विमान दुर्घटनामा, उद्धार जारी
जहाज अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार उक्त जहाजमा चालकदलका सदस्यसहित ७१ जना यात्रु सवार थिए ।
त्रिभूवन विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । 
तीमध्ये दुर्घटनामा परेर घाइते भएका १३ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं मोडल अस्पताल, नर्भिक लगायतका अस्पतालमा लगिएको छ ।
“दुर्घटनामा परेको जहाजका केही भाग काटेर घाइतेको उद्धार जारी राखिएको छ,” ठाकुरले बाह्रखरीसँग कुरा गर्दै भने, “कति क्षति भयो भन्ने ऐकिन अझै भइसकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ ।”

Update : Source : Setopati.com

युएस बंगलाको जहाज अवतरणका क्रममा धावनमार्गमा  आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।
दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए।
बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको हो। सो जहाज ब‌ंगलादेशको ढाकाबाट यात्रु बोकेर काठमाडौं अाएको थियो। विमानस्थल स्रोतका अनुसार अहिले विमानमा लागेको आगो नियन्त्रणमा आइसकेको छ। विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन।

यूएस बंगला विमान दुर्घटनाका तस्बिरहरु 
Image : barakhari.com


Image : barakhari.com

Post a Comment

0 Comments