पोर्चुगल पठाउने भन्दै ३६ लाख ठगी गर्ने २ जना प्रहरी फन्दामा


असार १७, काठमाडौं । रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै २ जनाबाट ३६ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नवलपरासी प्रगती गाविस४ का बिश्राम शर्मा र पोखरा उपमहानगरपालिका१३ घर भई हाल काठमाडौ कलंकी बस्ने मोहमद इमराम मियालाई पोर्चुगल पठाउने भनी नगद ३६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पोखरा उपमहानगरपालिका२८ का अमृत तामाङ र सोही ठाउँका सुरेश तामाङलाई पोर्चुगल पठाई राम्रो काममा लगाई दिने प्रलोभनमा पारेर मिया र शर्माले पटक पटक गरी उक्त रकम लिएका थिए । उनीहरुले भिजिट भिषामा दुवै जनालाई दुबई हुँदै जर्जियासम्म पुर्याएर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

 Source; Sajhasabal.com.np

Post a Comment

0 Comments