काबुल बम विस्फोटमा बाँचेका नेपाली सुरक्षा गार्ड रोकाया भन्छन्, ‘म सुरक्षित छु, घर फर्कन्छु।


काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती बम हमलामा मारिने नेपाली सुरक्षा गार्ड काबुलमा रहेको क्यानेडाली राजदूतावसमा काम गर्ने खुलासा भएको छ । आज नेपाली सुरक्षागार्ड सवार बसमा भएको बम हमलामा १४ जना नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका एक नेपाली सुरक्षा गार्डले आफूहरु क्यानेडाली राजदूतावसमा काम गर्नका लागि जाँदै गर्दा बम विस्फोटमा परेको बताएका छन् ।
यद्यपि, उनीहरु कुन कम्पनीबाट त्यहाँ पुगेका हुन् भन्ने खुलेको छैन ।
अस्पतालको शैय्याबाट एसोसिएटेड प्रेससँग कुरा गर्दै अम्रित रोकाया क्षेत्रीले भनेका छन्, ‘धेरै जना मारिएका छन् । मैले मेरो परिवारलाई सुरक्षित छु भन्न चाहन्छु । म घर फर्कन्छु ।’
उनको टाउकोमा चोट लागेको र ब्यान्डेज बानिएको समाचारमा उल्लेख छ ।अफगानिस्तानको गृहमन्त्रालयले घटनामा १४ जना नेपाली मारिएको र ५ जना नेपाली र ४ अफगानी नागरिक घाइते भएको जनाएको छ ।
तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले घटनाको जिम्मेवारी लिएको छ ।
फोटो : एपी
- See more at: http://www.sajhapage

Post a Comment

0 Comments