गैरकानुनी रुपमा चलेका बैदेशिक रोजगारी कम्पनीहरुलाई कारबाही गर्न यस्तो निर्देशन


असार ८, काठमाडौं । गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही गर्न व्यवस्थापिका–संसदअन्तर्गतको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले काबुल घटनाको भत्सर्ना गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ । समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रोजगारीका लागि नपठाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।
उनले गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीहरुको अनुगमन गरी कारबाही गरिने वचन पनि दिए । समितिका सदस्यहरुले सरकार श्रमिकहरुको सुरक्षाप्रति गम्भीर नभएको बताउँदै वैदेशिक रोजगारसम्बन्धी ऐनलाई समयानुकूल बनाउन आग्रह गरेका थिए

Post a Comment

0 Comments