काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १४ नेपाली को मृत्यु, ५ घाइते


असार ६, २०७३- अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीका अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।
तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हाे भने ९ जना घाइते भएका छन् ।
काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डकाे अावस नजिकै घात लगाएर बसेका अात‌ंकवादीले गार्ड चढेकाे गाडी अावसकाे गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फाेटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएकाे उनले जानकारी दिए ।
तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाकाे जिम्मेवारी लिएका छन् ।

See More at- http://kantipur.ekantipur.com/news/2016-06-20/20160620111629.html

Post a Comment

0 Comments