पहिलो पटक विदेशबाट कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ बन्यो!!


जेठ १९, काठमाडौं । सरकारले पहिलोपटक विदेशमा अलपत्र कामदारको उद्धारका लागि छुट्टै सुनवाइ संयन्त्र ‘र्‍यापिड रेस्पोन्स टिम’ स्थापना गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘र्‍यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो । जुन टिमले काम गर्ने कार्यालयको श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले उद्घाटन गरेका छन् । यो संयन्त्रले अब विदेशमा कामका लागि जान लागेका महिला कामदारको पूर्वश्रम स्वीकृति अघि नै कम्पनीको वास्तविक अवस्था र महिलाको सुरक्षाका विषयमा अध्ययन गर्नेछ ।
टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धारमा लाग्न जिम्मेवारी दिइएको छ । यो संयन्त्र बनेसँगै पहिलो चरणमा विदेशमा अलपत्र परेका महिला कामदारको तत्काल उद्धार हुनेछ । अहिले बनेको संयन्त्रको नेतृत्वमा मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठ रहेकी छिन । उनको नेतृत्वमा बनेको टीममा ५ जना अरु महिला कर्मचारीहरु सम्मिलित छन् । अब यो टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल समेत गर्नेछ ।
सरकारले यो संयन्त्रलाई भावी दिनहरुमा २४ सै घण्टा खटाउने भएको छ । यसैक्रममा टिमले मंगलबारदेखि नै काम थालिसकेको छ । विदाको दिनबाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् । यस्तै पीडितहरुले इमेल ठेगाना rrt@gmail.com मा पनि सूचना दिन सक्नेछन् ।
अब प्रत्येक महिला कामदारको पूर्वश्रम स्वीकृति दिनुअघि टिमले विदेशमा सम्बन्धित कम्पनीका अधिकारीसँग काम र सुविधाबारे जानकारी माग्नेछ । कम्पनीका रोजगार प्रतिनिधि वा व्यवस्थापकसँग भएका कुराकानीको अडियो रेकर्ड पनि टिमले सुरक्षित राख्नेछ । यो टिमले गरेको कुराकानीको हिसावले महिला कामदार सुरक्षित हुने ग्यारेन्टी भएपछि मात्रै वैदेशिक रोजगार विभागलाई स्वीकृति दिने अनुमति टिमले दिनेछ ।
- See more at: http://sajhasabal.com/blog/news/bd-sam/#sthash.8rMBNzNa.dpuf

Post a Comment

0 Comments