Due To The Hot Weather, From June The Workers In Oman Got A Relief Of 3Hrs..


जेठ १०, ओमान | तापक्रम बढेपछी ओमान सरकारले निर्माण साइटहरू, खुला र उच्च क्षेत्रमा काम गर्ने कामदारलाई सरकारी नियमानुसार जुनदेखि तीन घण्टा काममा नलगाउन अनुरोध गरेको छ ।
ओमानको नियम अनुसार ती क्षेत्रमा काम गर्ने कामदारलाई जुन, जुलाई र अगष्ट महिनामा दिउँसो साढे १२ देखि साढे तीन बजेसम्म तीन घण्टा काममा लगाउन पाइने छैन । जनशक्ति मन्त्रालयले सूचना जारी गर्दै श्रम कानुनको धारा १६ अनुसार पेशागत सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी मध्य दिनमा काममा नलगाउन निजी क्षेत्रलाई आव्हान गरेको हो ।
नियामानुसार मध्यदिनको तीन घन्टे ब्रेक समयको नियम उल्लंघन गरेको पाइए श्रम कानूनको धारा ११८ अनुसार पाँच सय रियाल वा बढिमा एक महिना जेल सजाय वा दुवै सजाय हुने मन्त्रालयका सल्लाहकार सलेम अल सादीले बताउनुभयो । गल्ती दोहोर्‍याए दोब्बर सजाय हुने बताइएको छ ।
ओमानका धेरै ठाउँमा अहिले नै लगभग ४५ डिग्री सेल्सियस तापक्रम छ । मस्कटमा विभिन्न ठाउँमा निर्माण क्षेत्रमा काम गरिरहेका कामदारहरूले अहिले नै घाममा काम गर्न गाह्रो भइरहेको र आगामी दिन सम्झेर चिन्तित भएको बताएका छन् । 
- Source:sajhasabal.com

Post a Comment

0 Comments