विदेशमा ज्यान गुमाएका कामदारको शव नेपाल एयरलाइन्सबाट ल्याउने तयारी!!


जेठ ९, काठमाडौं । सरकारले विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ ।
बिदेशमा रहेका नेपाली कामदारहरुको अलपत्र अवस्थामा रहेको शव ल्याउन महिनौं लाग्ने भएपछी प्रयोग गरेर उक्त समस्या हल गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी हुँदैछ ।
विदेशमा रहेका नेपालीको अलपत्र सब विजनेश एयरलाइन्सहरुले बोक्न नमान्ने भएकाले समस्या भएको थियो | यसै कारण पनि नेपालकै ध्वजाबाहकसँग आवधिक सम्झौता गरेर शव ल्याउने योजना बनाउन लागिएको हो ।
यसबाट अलपत्र कामदारको उद्धारमा पनि ठूलो राहत मिल्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको विश्वास छ । अरु एयरलाइन्सबाट शव ल्याउँदा निकै समय लाग्ने, खर्च बढी लाग्ने जस्ता समस्या छन् ।
नेपाल एयरलाइन्सले अहिले आफ्नै ध्वजावाहक विमान प्रयोग गरेर मलेसिया र कतारमा मात्रै उडान गरिरहेको छ । यिनै दुई देशबाट शब् ल्याउने सम्झौता हुँदैछ | त्यसतै युएई र साउदीका लागि अन्य बजेट एयरलाइन्ससँग सम्झौता गरेर त्यहाँका शवहरु नेपाल ल्याउने तयारी छ ।
- Source: sajhasabal.com

Post a Comment

0 Comments