यूएईले भिसाको व्यापार गरी कामदार आपूर्ति गर्ने म्यानपावर खारेज गर्यो

वैशाख ३०, युएई । संयुक्त राष्ट्र इमिरेट्स (यूएई) ले भिसाको ब्यापार गरी कामदार आपूर्ति गर्ने म्यानपावरको इजाजत खारेज गरिदिएकोछ।
युएईको मानब संशाधन मन्त्रालयले कामदारको अधिकार सम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै यूएईमा आउने कामदारले कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने बताएको छ । यस्तो कुरामा कामदार सधै सजग हुनुपर्नेले मन्त्रालयले आग्रह गरेको छ । केही कामदार आपूर्ति गर्ने कम्पनीले यस्तो नियम उलंघन गरेको पाइएकोले इजाजत रद्द गरेको बताएको छ ।
सार्बजनिक गरिएको उक्त रिपोर्टमा इजाजत रद्द भएका आपूर्ति कम्पनीको नाम र संख्या भने उल्लेख गरिएको छैन । श्रम संशाधन मन्त्री साक्युर गोबासले भनेका छन्- ‘यूएईको बिकासको लागि योगदान पुर्‍याउन आउने आप्रबासी कामदारले पाउने श्रम अधिकार दिलाउन र उनीहरुका सुरक्षाको प्रत्याभूति गर्ने दायित्व यूएई सरकारको हो,’ । ‘कामदारको हितको पक्षमा यूएई सरकारले बनाएको मापदण्डलाई उलंघन गर्ने कम्पनीलाई कारबाहीस्वरुप इजाजत खारेज गरिदिएका छौं ।’
दलाल—दलालबीचको सम्बन्धले मागपत्र खरिदबिक्री हुने भएकोले कामदारहरु यूएई सरकारले दिएको सुबिधा उपभोग गर्न बञ्चित भएको जानकारहरु बताउछन । यूएईमा आउने सबै खर्च कम्पनीकै हुने भएपनि कामदारहरु चर्को शुल्क तिरेर युएई आउने गरेका छन् । यस्तै म्यानपावर कम्पनीले धेरै स्यालरी भएको डिमाण्ड धेरै पैसा लाग्ने भन्दै रोजगारमा आउने कामदारबाट चर्को शुल्क उठाउने गरेको युएई आउने नेपालीहरुको गुनाशो छ ।
- Source: sajhasabal.com/

Post a Comment

0 Comments