बैदेशीक रोजगारीमा जान चाहाने र गइसकेका हरुका लागी महत्वपुर्ण मोबाइल एप !!


जेठ ५, काठमाडौं ।  यदि तपाई बैदेशीक रोजगारीको शिलशिलामा बिदेशमै हुनुहुन्छ वा बिदेश जाने तयारीमा हुनुहुन्छ भने तपाईका लागी यो मोबाईल एप निकै प्रभावकारी हुनसक्छ । गैरआवासीय नेपाली संघ (एनआरएनएं)ले यो बैदेशीक रोजगारीमा जान चाहाने र गएका हरुलाई लक्षित गर्दै शुभयात्रा नामक मोबाइल एप सार्वजनिक गरेको छ ।
subha yatra

यसमा वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि थुप्रै जानकारी, सुझाव र सूचनाहरु छन् । जसले वैदेशिक रोजगार यात्राको पुर्वतयारीलाई सहज र सरल मात्रै बनाउने छैन, भविष्यमा वैदेशिक रोजगारीका लागि विदेशिएर दुःख भोग्नुपर्ने जोखिलाई पनि घटाउँछ । यो एप बुधबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको हो ।
के के जानकारी दिन्छ शुभयात्रा एपले ?
यो डाउनलोड गरेपछि यसमा विभिन्न मेनुहरु देख्नुहुनेछ । यस एप बाट अडियो र भिडियोबाट पनि सुचनाहरु पाउन सकिनेछ । यसको यात्रा मेनुमा प्रवेश गरेर तपाईंले वैदेशिक रोजगारबारे कँहा(कहाँबाट सूचना लिने, कस्तो सीप सिकेर जाँदा राम्रो कमाइ हुन्छ, आवेदन प्रक्रिया कसरी अघि बढाउने, एमआरपी कसरी बनाउने, श्रम स्वीकृति र भिसा कसरी पाउने, स्वास्थ्य प्रमाणपत्र र बीमाबारे के कस्ता व्यवस्था छन, रोजगार करारपत्र के हो ? लगायतका महत्वपूर्ण सूचनाहरु विस्तृतमा पाउनुहुनेछ ।

Source- Sajhasabal.com

Post a Comment

0 Comments