'नेपाल हाँगाबिगा पार्टी' सभापति धुर्मुसले दिए अन्तर्वार्ता



नेपाली कांग्रेसको १३ औं महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्तर्वार्ता दिएका छन् ।
'नेपाली हाँगाबिगा पार्टी सभापति' का रुपमा नक्कली शेरबहादुर देउवा बनेर धुर्मुसले अन्तर्वार्ता दिएका हुन् । यसअघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए । धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अन्तर्वार्तामा अर्जुन केआर अन्तर्वार्ताकार रहेका छन् ।





source:

Post a Comment

0 Comments