लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो

Loksewa-aayog,-PSC

२६ फागुन, काठमाडौं । लोकसेवा आयोगले १४ सय भन्दा बढी खरिदार पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
१४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यारत कर्मचारीले पनि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
मान्यतच प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
खरिदार पदका लागि आयोगले जारी गरेको सूचना
loksewa-suchana1loksewa-suchana2-finalloksewa-suchana3final
- See more at: http://www.onlinekhabar.com/2016/03/398653/#sthash.ypPTMFvF.woyKvxW8.dpuf

Post a Comment

0 Comments