वैदेशिक रोजगारमा एजेन्ट व्यवस्था खारेज

Nepali-passport


१२ फागुन, काठमाडौं ।  वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने भएको छ ।
म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराउने एजेन्टको व्यवस्था खारेज गर्न लागिएको आजको अन्नपूर्णमा समाचार छ ।  एजेन्टले ग्रामिण क्षेत्रबाट कामदार ल्याएर म्यानपावर कम्पनीलाई उपलव्ध गराउने काम गर्दै आएका थिए ।
एजेन्टका कारण कामदारको लागत बढेको ब्यापक गुनासो आउन थालेपछि हटाउने निर्णय गरिएको व्यवसायीले जानकारी दिएका छन् ।
एजेन्टले भने बैधानिकलाई हटाएर अबैध तरिकाबाट कामदार लिने षडयन्त्र गर्न लागिएको बताएका छन् । एजेन्ट हटाउने निर्णय फिर्ता नलिए कडा आन्लोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन ।

source :
- See more at: http://www.onlinekhabar.com/2016/02/392266/#sthash.5yVg2MGL.dpuf

Post a Comment

0 Comments