पहिल्यै प्रक्रिया चालेर जान नपाएकाहरु प्राथमिकतामा

जानका लागि सबै प्रक्रिया अपनाइ अन्तिम समयमा आएर अड्किएकाहरुलाई प्राथमिकता दिदैँ सरकारले उनीहरुलाई गेयर गिभरमा इजरायल पठाउने भएको छ ।  घरेलु कामदार लैजाने विषयमा सरकारसँग गत साउनको अन्तिम साता इजरायलले सहमति गरेको थियो ।  
'घरेलु कामदारका लागि इजरायल जान ठिक्क परेका तर जान नपाएकाहरु पहिला इजरायल उड्छन्' श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सेतोपाटीसँग भने ।  केयर गिभरका तालिम लिएका, हिब्रु भाषा जानेका, प्रक्रिया पूरा गरेर पनि इजरायल जानबाट बन्चित भएकाहरु प्राथमिकतामा पर्ने मन्त्री गुरुङले बताए । इजरायलले पहिला जान नपाएकाहरुलाई लैजान माग गरेको श्रमराज्यमन्त्रीका सल्लाहकार रमेश कोइरालाले बताए । 
इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएको थियो । पहिलो चरणमा इजरायलले ३ सय कामदार लैजाने छ ।  ६० जना दसै अघि उड्ने भनेपनि प्रक्रिया भइरहेका कारण ढिलाई भएको छ । उनीहरु दसैंपछि इजरायल उड्ने मन्त्री गुरुङले बताए ।
इजरायलले लैजान लागेको नेपाली कामदारमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष रहेका छन् । घरेलु कामदारका लागि इजरायल जानका लागि १० वटा मापदण्ड तोकिएका छन् ।
२५ वर्ष पुगेका तर ४५ वर्ष नपुगेकाहरु इजरायल जान पाउनेछन् । उचाइ कम्तिमा पनि ५ फिट हुनुपर्ने, ४५ किलोभन्दा माथिको तौल हुनुपर्ने, नर्सिङ कोष पूरा गरेको वा ३ महिनाको केयर गिभर तालिम मान्यता प्राप्त केन्द्रबाट लिएको हुनुपर्ने मन्त्री गुरुङले बताए ।
मध्यमस्तरको अंग्रेजी जानेको हुनुपर्ने, बाबु, आमा, दाजु, दीदी, श्रीमान वा परिवारका सदस्य कोही पनि इजरायल भए त्यस्ताहरु पनि त्यता जान नपाउने मन्त्री गुरुङले बताए । पूर्ण स्वास्थ्य, प्रहरी रिर्पोट अनिवार्य चाहिने उनले बताए ।
 इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभाग र नेपाल सरकारको वैदेशिक रोजगार विभागको निर्णय अनुसार छनौट हुने मन्त्री गुरुङले बताए ।
वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने तयारी गरेको छ।


source :setopati

Post a Comment

0 Comments