इजरायलले नेपाली कामदार लैजाने, बढीमा ८० हजार खर्च लाग्ने


काठमाडौं, श्रावण २१ । इजरायल सरकारले नेपाली कामदार लैजाने भएको छ । नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच भोली शुक्रबार काठमाडौंमा सम्झौता हुने भएको छ ।
विगत ५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले श्रम तथा रोजगार मन्त्रालयको पहलपछि नेपाली महिला कामदार लैजान सहमत भएको हो ।
शुक्रबार श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर गर्ने तय भएको श्रम राज्यमन्त्री टेकबहादु गुरुङ्गले जानकारी दिए ।
मन्त्री गुरुङ्गका अनुसार इजरायल सरकारले तीन सय जना कामदार लैजान लागेको र पहिलो चरणमा ६० जनालाई पठाइने बताए । इजरायलमा पुरुष भन्दा महिला कामदारको बढि माग छ ।
९० प्रतिशत महिला कामदारको माग रहेको मन्त्री गुरुङ्गले बताए । तीन सय जना कामदारबाट आउने फिडब्याक पछि अरु कामदारको विषयमा सोचिने पनि मन्त्री गुरुङ्गले जानकारी दिए ।
दुई सरकारबीच सहमति भएपछि बढीमा ८० हजार रुपैयाँ खर्चमा इजरायल जान सकिने मन्त्री गुरुङ्गले बताए ।
source :http://imagekhabar.com/samachar/detail/50702/30/.shtml
  1. Israel, a Middle Eastern country on the Mediterranean Sea, is regarded by Jews, Christians and Muslims as the biblical Holy Land. Its most sacred sites are clustered in Jerusalem’s Old City, including the Temple Mount, Dome of the Rock shrine, Al-Aqsa Mosque and Church of the Holy Sepulchre. Its financial hub, Tel Aviv, is known for crisp white architecture, beaches and wild nightlife.
  2. FoundedMay 14, 1948
  3. Dialing code+972
  4. CurrencyIsraeli new shekel