वैदेशिक रोजगार काठमाडौँका कर्मचारी आन्दोलित


श्रम प्रतिनिधिले दुव्र्यवहार गरेको भन्दै वैदेशिक रोजगार, काठमाडौँ कार्यालयका कर्मचारीहरूले आज काम ठप्प पारेका छन् ।  मङ्गलबार म्यानपावरका श्रम प्रतिनिधिहरूले कर्मचारीमाथि अभद्र व्यवहार गरेकोले सुरक्षाको माग गर्दै आज वैदेशिक रोजगार, काठमाडौँका कर्मचारीहरूले विरोध गरेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिए। 

श्रम प्रतिनिधिहरूले मङ्गलबार ताहचलस्थित कार्यालयमा कर्मचारी विरुद्ध गालिगलौच गर्नुका साथै कार्यालयमा ढुङ्गामुढासमेत गरेपछि प्रहरीले केही श्रम प्रतिनिधिलाई पक्राउ गरेको थियो । 
कर्मचारीले फाइल लुकाउने गरेको, घुस नदिएसम्म काम अगाडि नबढाउने गरेको श्रम प्रतिनिधिको आरोप छ । 
 
कर्मचारी भने म्यानपावर व्यवसायीले गुण्डा प्रयोग गरेर बलजफ्ती काम गर्न दबाब दिने गरेको, अश्लिल गालीगलौच गर्ने गरेको बताउँछन् । आज संस्थागत श्रम स्वीकृतको कार्य नभए पनि व्यक्तिगत श्रम स्वीकृतको कार्य भएको प्रवक्ता खड्काले जानकारी दिए।
 
उनले विवाद समाधानका लागि मन्त्रालयले पहल गरिसकेको जानकारी दिँदै भोलिबाट काम सुचारु हुने बताए। 

Source : रासस , setopati

Post a Comment

0 Comments