नवलपरासीमा दैनिक ८ करोड रकम भित्रिदैं, दैनिक ४० युवा विदेशतर्फ

 Source :हरि शर्मा/ईमेज  

नवलपरासी, फाल्गुन २३ । नवलपरासी जिल्लामामात्र दैनिक करिब ८ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।
जिल्लामा रहेका बैक तथा वित्तीय संस्था र नीजि रुपमा सञ्चालन गरिएका रेमिट्यान्स कारोबार गर्ने एजेण्टका शाखा र उपशाखाहरुबाट दैनिक वितरण हुने रकमको आकलन गर्दा उक्त रकम भित्रिने गरेको अनुमान गरिएको हो ।
जिल्लामा रोजगारका लागि विदेशिने क्रमसँगै रेमिट्यान्स भित्रिने क्रम पनि दैनिकरुपमा बढ्दै गएको हो ।
जिल्ला सदरमुकाम परासी, सुनवल, भूमही, बर्दघाट, गोपिगञ्ज, गैंडाकोट लगायतका बजार क्षेत्रमा करिब ६० बढी बैक तथा वित्तीय संस्था छन् ।
साथै यहाँ निजी रुपमा सञ्चालित ३० भन्दा बढी रेमिट एजेण्टका शाखा र उपशाखा छन् । पछिल्लो पटक सहकारीमार्फत् पनि रेमिट्यान्स वितरण हुँदै आएको छ ।
सदरमुकाम परासीका निजी मनि ट्रान्सफरबाट दैनिक रुपमा ३० देखि ३५ लाख रुपैयाँ वितरण हुने गरेको तथ्यांक छ ।
परासी सदरमुकामबाट मात्र दैनिक १ करोड भन्दा बढी रेमिट्यान्स वितरण हुँदै आएको जनाइएको छ ।
त्यतिकै संख्यामा कावासोती क्षेत्रबाट पनि रकम वितरण हुँदै आएको हरि सटही काउण्टरका सञ्चालक अवधेश अग्रवाल बताउँछन् ।
यस जिल्लाबाट दैनिक आठ करोड रेमिट्यान्स वितरण हुने गरेको जनाइएको छ ।
रोजगारका लागि जाने  जिल्लाहरु मध्ये नवलपरासी छैठौंं स्थानमा रहेको छ । सबैभन्दा बढी गैंडाकोट र कावासोतीबाट विदेशीनेको संख्या बढी रहेको तथ्याकंमा देखिएको छ ।
विदेशिने जिल्लाहरुको तथ्यांक हेर्ने हो भने धनुषा पहिलो नम्बरमा छ । रुपन्देही १० औं स्थानमा परेको छ ।

जिल्लामा वैदेशिक रोजगार सम्बन्धी काम गर्ने संघसंस्थाहरुको तथ्याकंमा गत वर्ष मात्र जिल्लाबाट १२ हजार ८ सय २३ जना विदेशिएका छन् । 

Post a Comment

0 Comments