बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !


साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुनुहुन्छ भने तपाइहरुलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने तयारी गरेको छ । 
व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने कामदारले अनलाइन मार्फतनै स्वास्थ्य परिक्षणको रिपोर्ट, अभिमुखिकरण तालिमलगायत सबै कागजात बुझाउन सकिने विभागले जनाएको छ ।
यसका लागि सम्बन्धीत निकायसँग लिंक गराउने र सफ्टवयर निर्माणको काम भईरहेको विभागले जनाएको छ । अहिले विभागको ताहचाल कार्यालयमा घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । त्यसैले श्रम स्वीकृतिलाई व्यवस्थित र सरल बनाउन विभागले अनलाइनको तयारी गरेको जनाएको छ  ।
- Source- sajhasabal.com

Post a Comment

0 Comments