दुई हप्तामै जिल्लाबाट पासपोर्ट लिन पाईने


असार १७, काठमाडौं । राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै 

जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) 

उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ 

राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट 

उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब 

परेको हो ।

जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने 

पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण 

जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै 

आएका थिए ।

राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा 

विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब 

७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै 

दिनुपर्ने व्यवस्था गर्न लागिएको हो।


Source- sajhasabal.com

Post a Comment

0 Comments