दलालमार्फत रोजगारीको लागी दुबई अाएका युवाहरु अलपत्र

युएई–धरानका बब्लु श्रेष्ठ मे १९ का दिन एअर अरेबियाको उडान हुँदै दुबई आए । सेक्युरिटी गार्डको काम लगाइदिने शर्तमा काठमाडौंका निरज काफ्लेलाई २ लाख ३० हजार रुपयाँ बुझाएर टुरिस्ट भिषामा उनी दुबई आएका हुन् ।
श्रेष्ठ दुबईको नेपाली चोक भनेर चिनिने बरदुबई नजिकै बस्दछन । उनीसँगै रूम शेयरिङ्गमा अन्य १३ जना नेपालीहरु पनि रहेका छन । ती सबैजना टुरिस्ट भिषामै दुबई आएका हुन् । श्रेष्ठका दुबईका घरबेटी ओली थरका एक नेपाली नै छन । श्रेष्ठको अनुमानमा ती ओली पनि टुरिस्ट भिषाकै व्यापार गर्दछन । घरभेटी ओलीले कोठाको भाडा ४,२०० दिराम भनेका छन बत्ती र पानीसहित । २ छाक खान समस्या परिरहेको बेलामा घरभाडा कसरी तिर्ने हो चिन्तामा छन उनीहरु ।13390894_1028176843884878_563948207_n
श्रेष्ठले सेक्युरिटी गार्डको काममा आउनको लागि काठमाडौको तीनकुनेमा रहेको डुल्स्को म्यानपावर कम्पनीमा अन्तर्वाता दिएका थिए । उनको स्वास्थ्य परिक्षण पनि भईसकेको थियो । तर उनका एजेन्ट काफ्लेले टुरिस्ट भिषामा लगेर काम लगाइदिने आश्वस्त बनाए पछी उनी दुबई हानिएका हुन । अहिले सम्म काम नपाएका उनी काम खोज्दै दुबईका गल्लीहरुमा भौतारिरहेका छन । एउटै कोठामा बस्ने १४ जना मध्ये २ जनाले काम पाएको बताउँछन श्रेष्ठ ।
त्यस्तै राम्रो कामको प्रलोभनमा टुरिष्ट भिषामा युएई आएका ५ जना युवाहरु पनि अहिले रोजगारी नपाएर अलपत्र परेका छन् । त्यसरी आएका मध्ये सिरहाका श्रेष्ठ, रौतहटका आचार्य र सर्लाहीका रायमाझी थरका युवा जनही ५ लाख तिरेर आएका छन् । यसैगरी काभ्रेका अर्का युवा ३ लाख ५० हजार तथा भक्तपुरका अर्का युवा ३ लाख तिरेर आएका हुन् ।
उनीहरुलाई भने कोटेश्वर स्थित सी सार्क कन्सल्टेन्सीले पठाएको हो । मे १९ कै दिन युएई आएर काम नपाई अलपत्र परेकाहरु हाल शारजाहको एक अपार्टमेण्टमा बसिरहेका छन् । उनीहरुलाई खत्री थर भएका सी सार्कका सञ्चालकले युएई पठाएका हुन ।
दुबईमा रहेका राहुल नामका भारतीय एजेन्टले खत्रीलाई धोका दिएको खत्रीको दाबी रहेको छ । भिषा परिवर्तन गर्नको लागि अर्को कुनै देश जानु पर्ने भनेर होटल बाट निकाली राहुल बाटो बाट गायब भए पछी उनीहरु ठगिएको खुलेको थियो । उनीहरुलाई प्रति महिना २७ सय दिरहाम (नेरु झण्डै ७३ हजार) तलव हुने भन्दै युएईको प्रतिष्ठित कम्पनीको अफर लेटर दिइएको थियो । कम्पनीमा फोन गर्दा उक्त अफर लेटर नक्कली रहेको थाहा भएको हो ।
उनीहरुले आफुहरुलाई दिईएको भिषा समेत नक्कली भएको बताएका छन । हामीलाई अर्को देशमा गएर (एक्जीट) पुनः युएई फर्केर रोजगारी गर्न मिल्ने भन्दै ५ जनालाई नै होटलबाट एउटै गाडीमा राखेर एयरपोर्ट लैजाने भन्दै हिंडेको एजेण्ट बीचमै गायव भयो, अहिले उसको मोबाइल बन्द छू पीडितले भने । यसरी टुरिष्ट भिषामा आउनेहरुलाई एकपटक ओमान वा नजिकैका कुनै देश पठाएर पुनः ल्याउने गरिन्छ ।
दलालहरुले नेपाल एअरपोर्टको अध्यागमनका कर्मचारीलाई घुस खुवाएर सेटिङमार्फत भिजिट भिषामा युएई ल्याउने गरेका छन । आएकाहरु मध्ये युएईमा आफन्त साथीभाइ हुनेहरुले आँफै काम खोज्ने गरेका छन । आफन्त नहुनेहरुलाई काम लगाइदिने शर्तमा दलालले अझ धेरै पैसा असुल्ने गर्छन् ।
पछिल्लो समयमा टुरिष्ट भिषामा युएई लगायतका खाडीका अन्य देशहरुमा रोजगारी नपाएर अलपत्र पर्ने नेपालीहरुको संख्या बढ्दो छ । खाडीमा अलपत्र पर्नेहरुको उद्दारको लागि दुताबासले नेपाली संघसंस्थाहरुलाई गुहार्ने गरेको छ ।
Source- Ratopati.com

Post a Comment

0 Comments