यूएईले नेपाली भाषामा पनि करारपत्र बनाउँदै

बैशाख ३०, काठमाडौँ । यूएईले नेपालबाट बैदेशिक रोजगारमा दुबई जाने कामदारहरुलाई लक्षित् गर्दै नेपाली भाषामा पनि करारपत्र बनाउन लागेको जानकारी दिएको छ ।
कामदार र रोजगारदाताबीच ‘स्टार्डण्ड एग्रिमेन्ट’ (सम्झौतापत्र) बनाउन अब नेपाली भाषामा पनि हुने छ । ‘पहिलो भाषामा अंगेज्री र अरबिकमा हुने छ भने त्यही करारपत्रमा तेश्रो भाषामा कामदारको आफ्नो भाषामा लेखिएको हुने श्रम मामिलाका सहायक उपसचिब हुमेड बिन डिमासले जानकारी दिएका छन् ।
त्यस्ता करारपत्र नेपालीसहित १२ भाषामा छन् । जुन यूएई जानु अघि नै त्यस करारपत्र बोकेर हानुपरने हुन्छ । ती भाषामा कामदार र कम्पनीले अनिवार्य हस्ताक्षर गरेपछि मात्रै यूएई सरकारले मान्यता दिने बताएको छ ।
श्रम बिबादलाई ब्यबसायीक ढंगले समाधान गर्न ६३ कानुनी अधिकृतहरु नियुक्ती गर्नुको साथै एक सय कर्मचारीलाई ब्यबसाहिक तालिम दिएको युएईको मानब संशाधन मन्त्रालयले सार्बजनिक गरेको कामदारको अधिकार सम्बन्धी रिपोमा उल्लेख गरेको छ ।
-Source- Sajhasabal.com

Post a Comment

0 Comments