विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? थाहा पाउनुस् के-के समानमा भन्सार लाग्दैन


जेठ ६, काठमाडौं । विदेशबाट नेपाल फर्कने धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ कि विदेशबाट नेपाल ल्याइने सामानमा भन्सार लाग्छ भनेर । यस्तै अवस्थामा कतिपय नेपालीहरु स्वदेश फर्कंदा एयरपोर्टमा तनाब झेल्नु पर्ने हुन्छ |
यदी तपाइँपनि विदेशमा हुनुहुन्छ वा नेपाल फर्कंदै हुनुहुन्छ भने यो जानकारी तपाइँलाई महत्वपूर्ण हुनसक्छ | आउनुहोस् जानौं विदेशबाट नेपालमा ल्याइने के-के सामानमा भन्सार लाग्दैन र के-कस्ता सामान ल्याउँदा भन्सार तिर्नुपर्छ ?

भन्सार नलाग्ने सामानहरु:

– कामदारहरुले ३२ इञ्चसम्म टेलिभिजन एक थान ल्याउन पाउने तर यो नियम लागु हुन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने व्यवस्था छ । योसंगै विदेशबाट फर्किंदा ल्याइने धेरै व्यक्तिगत प्रयोजनका मालसामानमा भन्सार छुट दिने व्यवस्था गरेको छ ।
– निश्चित परिमाणमा ल्याएको लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्रीहरु
– औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीहरु
– विदेशबाट सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गर-गहना पाँचसय ग्रामसम्म तथा ३० हजार नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहना । (यी सुविधा पाउन सामान ल्याउने व्यक्ति ६ महिना भन्दा बढी विदेशमा बसेको हुनुपर्नेछ)
– ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ।
– बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ।
– विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानहरु जस्तै: डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान
– चार किलोसम्म खाद्यान्न तथा १.१५ लिटरसम्मका मदिरा ।

भन्सार तिरेर ल्याउन पाइने सामान

– ५० ग्राम भन्दा बढी र ३ सय ५० ग्रामसम्म सुन र १ किलोग्रामसम्म चाँदी ल्याएमा तोकिएको भन्सार शुल्क तिर्नुपर्छ । यो भन्दा बढी सुनचाँदीको भन्सारपास नहुने भएकाले धेरै सुन बोकेमा जफत हुनसक्छ ।
– ६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १/१ थान भन्दा बढी ल्याएमा भन्सार तिर्नुपर्छ ।
– १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा भन्सार तिर्नुपर्छ ।
– धेरै पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको भन्सार तिर्नुपर्छ ।
– घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।
– व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले २/२ थानभन्दा बढी आफ्नो प्रयोगको सामान ल्याउँदा व्यवसायिक रुपमा भन्सार तिरेर पास गराउनुपर्छ ।
- Source:sajhasabal.com

Post a Comment

0 Comments