कोरियन भाषा परीक्षा प्रणाली परिमार्जित


काठमाडौं, ८ बैशाख – रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जान लिइने भाषा परीक्षाको मूल्यांकन प्रणाली सन् २०१९ देखि परिर्वतन हुने भएको छ । २०१९ पछि लिइने भाषा परीक्षामा विदेशी कामदार छनोटका लागि अंक प्रणाली लागू गरिने एचआरडी कोरियाले जनाएको छ ।
हाल कोरियन भाषा परीक्षा पास गरेकै आधारमा कोरिया जान योग्य मानिँदै आएकोमा यो नियम लागू भएपछि भाषा परीक्षा, सीप परीक्षा तथा कार्यक्षमता मूल्यांकन भएपछिमात्र कोरिया जान योग्य मानिनेछ । सबैमा उत्कृष्ट अंक ल्याउनेलाई क्रमानुसार अन्तिम छनोटका आधारमा पास गरिनेछ । भाषा परीक्षामा पास भए पनि सीप तथा कार्यक्षमता परीक्षामा उत्कृष्ट नहुने परिक्षार्थी पास नहुन पनि सक्छन् । यो प्रणाली लागू गर्नुको उद्देश्य भाषा परीक्षामा आधारित रहेर छनोट गर्दा कार्य सम्पादन क्षमता, शारीरिक क्षमता, कामको अनुभवलगायत योग्यतालाई सम्बोधन गर्न नसकिएका कारण हो । यो नियम लागू भएपछि सबै क्षेत्रमा योग्य भएका कामदार छनोट हुने एचआडी कोरिया ईपीएस सेन्टरका महानिर्देशक किम गिउले बताए ।
कोरियाको रोजगारीको चाहना राख्ने आवेदकलाई कोरियन भाषाको क्षमतामा कमी रहे पनि सीपको स्तर, कामको अनुभव र लगनशील भएका कामदारलाई कोरियाको रोजगारीको अवसर बढाउन यो प्रणाली लागू गरिने भएको हो । यो प्रणाली लागू भएपछि भाषा परीक्षामा छनोट गरिने अनुमानित संख्याको बढीमा दोब्बर उत्तीर्ण गराइनेछ । अहिले अनुमानित पास संख्या जतिलाई गराइन्छ, यो नियम लागू भएपछि दोब्बर संख्यामा पास गराइनेछ ।  सीप र क्षमता परीक्षणपछि आधा स्वतः हट्नेछन् । सन् २०१९ देखि सबै कोरियन भाषा परीक्षा कम्प्युटरमा आधारित (सीबीटी) अनुसार हुनेछ ।
source : karobar dainik- See more at: http://np.karobardaily.com/2016/04/82046/#sthash.MwNgctTd.dpuf

Post a Comment

0 Comments