यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ


मलेसिया प्रहरीले यौनधन्दामा लागेको आरोपमा ४ जना नेपाली युवती पक्राउ गरेको छ।
पेनाङको एक मनोरन्जन केन्द्रमा छापा मारेर प्रहरीले ४ जना युवतीलाई पक्राउ गरेको हो ।
नेपालीसँगै केही बंगलादेशका युवतीलाई पनि पक्राउ गरेको मलेसियन समाचारसंसस्थाहरुले जनाएका छन्। मलेसियामा लुकेर अवैध रुपमा यौनधन्दामा उनीहरु सम्लग्न रहेको मलेसियन प्रहरीले दाबी गरेको छ। मलेसियाका डान्सबारहरुमा धेरै मात्रामा नेपाली युवतीहरु छन् । भिजिट भिसामा उनीहरु त्यहाँ पुगेर लुकेर काम गर्ने गरेका छन्।

Post a Comment

0 Comments