२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाहरु इजरायल जान पाउने




source : setopati.com & Imagekhabar

५ वर्षपछि नेपाली कामदार केयर गिभरका लागि इजरायल जान बाटो खुलेको छ । श्रम मन्त्रालय र इजरायली सरकारका प्रतिनिधीबीच आज सिंहदरबारमा कामदार लैजाने विषयमा सम्झौता भएको छ।
संझौतामा नेपालका तर्फबाट श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेपालका लागि इजरायली राजदूत यारोन मेयरले हस्ताक्षर गरे। सम्झौता अनुसार अब म्यानपावरले नभई सरकार आफैँले कामदार इजरायल पठाउने मन्त्री गुरुङले जानकारी दिए। सरकारले यसअघि दक्षिण कोरिया पनि आफैँ पठाउँदै आएको थियो । पाइलट प्रोजेक्टमा रुपमा पहिलो चरणमा ६० जना महिला कामदार केयर गिभरका लागि पठाउन लागिएको मन्त्री गुरुङले बताए ।

त्यसपछि २ सय ४० जना फेरि पठाउने उनले बताए । दसैंअघि ६० जना कामदार इजरायल उडिसक्ने मन्त्री गुरुङको भनाई छ । महिलाहरुका साथै पुरुष कामदार पनि इजरायल जाने मन्त्री गुरुङले बताए । तर इजरायलबाट महिलाका धैरै माग आएका कारण पुरुषहरु ज्यादै न्युन जाने उनले सुनाए।
विगतमा म्यानपावर कम्पनीहरुले कामदारबाट धेरैभन्दा धेरै रकम उठाएका कारण इजरायल सरकारले कामदार लैजान रोक लगाएको थियो । त्यसपछि त्यहाँको अदालतले जीटुजी मार्फत नेपाली कामदार ल्याउन भनेपछि इजरायली सरकारले नेपाल सरकारबाटै कामदार पठाउन सहमति जनाएको हो ।

यसअघि निजी क्षेत्रले कामदार पठाउन अनुमति मागेपछि इजरायल सरकारले मानेको थिए। सरकारका तर्फबाट निरन्तर ६ महिनासम्म पहल गरी भएको यस सम्झौतालाई उपलब्धीका रुपमा मान्नुपर्ने उनले बताए । न्युनतम मूल्यमा नेपाली कामदारले हवाइ भाडा र विमा वापतगरी ७५ हजारभन्दा बढी तिर्नु नपर्ने मन्त्री गुरुङले बताए । फ्रि भिसा र टिकटमा कामदार लैजान इजरायल सरकारसँग पहल भइरहेको पनि उनले सुनाए ।
इजरायल महिला कामदारका लागि सुरक्षित भएको मन्त्री गुरुङले बताए। मानवअधिकारको क्षेत्र, अनुशासन सबै हिसावले इजरायल उपयुक्त गन्तब्य बनेको उनको भनाई छ। नेपाली कामदारलाई केही भए इजरायलले तुरुन्त सुरक्षित स्थानमा लैजान सक्ने पनि मन्त्री गुरुङको तर्क छ।

इजरायल पठाउने कामदारको विषयमा मापदण्ड भने अहिले नै तय भइनसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले जानकारी दिए।  कामदार पठाउने विषयमा दुवैपक्षले मिलेर मापदण्ड बनाउने उनले बताए ।
त्यसपछि नेपाली कामदार छनौट गरी इजरायल पठाउने तयारी भइरहेको उनले सुनाए । तालिम प्राप्त, हाइट र वेइट भएको २५ उमेरदेखि ४५ उमेर ननाघेको र एसएलसी पास भएकोलाई त्यसतर्फ पठाउने तयारी भइरहेको सुवेदीले सुनाए । पहिलो चरणमा गएकाहरुले राम्रो काम गर्ने र इजरायल सरकारले अरु माग गर्नेमा आफूहरु विश्वस्त रहेको उनले सुनाए ।

  1. Israel
    Country in the Middle East
  2. Israel, a Middle Eastern country on the Mediterranean Sea, is regarded by Jews, Christians and Muslims as the biblical Holy Land. Its most sacred sites are clustered in Jerusalem’s Old City, including the Temple Mount, Dome of the Rock shrine, Al-Aqsa Mosque and Church of the Holy Sepulchre. Its financial hub, Tel Aviv, is known for crisp white architecture, beaches and wild nightlife.
  3. FoundedMay 14, 1948
  4. Dialing code+972
  5. CurrencyIsraeli new shekel