दक्षिण कोरियामा मोटर साइकल दुर्घटनामा २ नेपालीको ज्यान गयो

विकाश श्रेष्ठ । २१ असार, सोल ।
दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । आइतबार साँझ छाङवनमा भएको उक्त दुर्घटनामा स्याङजा विरुवा अर्चलका त्रिचालीस वर्षीय भिमसेन के.सी र नवलपरासी सुनवलका त्रिपन्न वर्षीय राम बहादुर सिंजालीको ज्यान गएको हो ।
आइतबारे विदाको दिन घुमेर कम्पनीमा फर्कदै गर्दा सडकको पर्खालमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको जनाइएको छ । के.सीको दुर्घटनास्थलमै र सिंजालीको उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको बताइएको छ ।
मृतक के.सी शरणार्थी भिषामा र सिंजाली लामो समय देखि अबैधानिक रुपमा बस्दै आएको बुझिएको छ । मृतकहरुको शव सामसंग अस्पतालमा राखिएको छ ।
यसैबीच सोलस्थित नेपाली दुतावासले आधिकारिकरुपमा घटनाको जानकारी नआएको बताएको छ । तर केही नेपालीहरुले घटनाको बारेमा जानकारी गराएको र त्यसका बारेमा जानकारी लिने प्रयास भइरहेको दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए ।


source : http://nepaliheadlines.com