म्यानपावर व्यवसायी र सरकारबीच ३१ बुँदे सहमति, बन्द रहेका म्यानपावर आइतबारबाट खुल्ने

आन्दोलनरत म्यानपावर व्यवसायी र श्रम मन्त्रालयबीच ३१ बुँदे सहमति भएको छ । सिंहदरबारमा आज साँझ बसेको वार्तामा ३१ बुँदे सहमति भएको श्रम मन्त्रालयका निमित्त सचिव तथा वार्ता टोली संयोजक सूर्य श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए ।
वार्तामा मलेसिया लगायतका खाडी देशमा फ्रि भिसा र टिकटमा कामदार पठाउने लगायतका विषयमा सहमति जुटेको उनले बताए । सहमतिसँगै १९ दिनदेखि बन्द रहेका म्यानपावर कम्पनीहरु आइतबारदेखि खुल्ने भएका छन् ।
फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र गरे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको श्रेष्ठले बताए ।
विदेश जाने कामदारसँग १० हजारभन्दा बढी शुल्क उठाउन नपाउने विषयमा सहमति जुटेको उनले बताए । यसअघि व्यवसायीहरुले प्रतिकामदार १५ हजार उठाउनुपर्ने माग गरेका थिए । सरकारले गत असार २१ गतेदेखि फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने निर्णय गरेसँगै व्यवसायी सडक आन्दोलनमा उत्रिएका थिए ।

the government and foreign employment recruitment association had a consensus on 31 points and hence the closed offices will resume from sunday.