त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनपछि खुल्यो

काठमाडौं, फाल्गुन २३ - टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि चार दिनदेखि अबरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज हटाइएपछि शनिबार साँझ साढे ७ बजेदेखि उडान सुचारु हुने भएको छ । दुर्घटनाग्रस्त जहाजलाई अहिले एक किलोमिटर टाढाको 'डोमेस्टिक एप्रोन'मा लगिएको छ ।
रन-वे सफाइ सकिएपछि साढे ७ बजेदेखि उडान सुचारु हुने एयर ट्राफिक प्रमुख विमलेसलाल कर्णले जानकारी दिए ।
विमानस्थल खुलेलगत्तै लगातार उडान हुनेछन् । सुरुमा नेपाल एयरलाइन्सको दुइटा ठूला जहाज एयरबस र बोइड उड्नेछन् ।



source: Kantipur Online

Post a Comment

0 Comments